भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँच वर्षमा १४ लाखभन्दा धेरै दक्षिण सुडानका शरणार्थी स्वदेश फर्किए

पाँच वर्षमा १४ लाखभन्दा धेरै दक्षिण सुडानका शरणार्थी स्वदेश फर्किए

काठमाडौं । दक्षिण सुडानबाट विस्थापित भएकामध्ये पछिल्लो पाँच वर्षमा १४ लाख जनाभन्दा धेरै स्वदेश फर्किएका छन् । सन् २०१८ को अक्टोबर र सन् २०२४ को मे महिनामा भएको शान्ति सम्झौतापछि १४ लाखभन्दा धेरै दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किएका संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले जनाएको छ ।

केन्या, युगान्डा, सुडान, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रलगायतका क्षेत्रमा दक्षिण सुडानका २२ लाख शरणार्थी रहेका छन् । युगान्डाले सबैभन्दा धेरै दक्षिण सुडानी शरणार्थीको शरण दिएको छ ।

संयुक्त राष्ट्रसंघले शरणार्थी स्वदेश फर्कनुको सबैभन्दा मुख्य कारणमा परिवारका सदस्यसँग पुनर्मिलन, दक्षिण सुडानमा सुरक्षा स्थितिमा सुधार र भूमि, सम्पत्ति र आवासको मूल्याङ्कन लगायत रहेको बताएको छ । शरणार्थीले आफ्नो शरणको देश छोड्नुको कारण असुरक्षा, रोजगारी, जीविको पार्जन र आर्थिक गतिविधिको अभाव र शरणार्थी शिविरमा खाद्य राशनमा कमि रहेको बताएका छन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.