भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको आपत्ति

सांसद केसी र मण्डलको अभिव्यक्तिप्रति शिक्षामन्त्री श्रेष्ठको आपत्ति

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले सांसद राजेन्द्र केसी र योगेन्द्र मण्डलले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन्। नेपाली कांग्रेसका सांसद केसी र स्वतन्त्र सांसद मण्डलले बुधबार रोस्टमबाटै स्त्रीद्वेषी अभिव्यक्ति दिएको उनको भनाइ छ ।

‘हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ– सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला। तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ,’ मन्त्री श्रेष्ठले भनेकी छन्, ‘आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनुभएको छ।’

अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गरेको मन्त्री श्रेष्ठको ठहर छ। हिजोका ती अभिव्यक्ति नजान्नुको परिणाम भएको उनले बताएकी छन्।

 


Thali Mobile Pvt.Ltd.