भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसको आक्रमण,९ जनाको मृत्यु

युक्रेनी राष्ट्रपतिको गृहनगरमा रुसको आक्रमण,९ जनाको मृत्यु

काठमाडौं । रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह नगर किभ रिहमा शक्तिशाली मिसाइल आक्रमण गरेको छ। आवसीय भवनहरुलाई लक्षित गरेर भएको आक्रमणमा ९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

ठूला अपार्टमेन्टमा भएको आक्रमणमा केही व्यक्तिको उद्धार हुन बाँकी रहेको जनाइएको छ। युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लीमेन्कोका अनुसार भग्नावशेषबाट केही व्यक्तिलाई निकाल्न बाँकी छ।
आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हरेक क्षण हरेक घण्टा आतंकवादी आक्रमण भइरहेको भन्दै युक्रेनको हवाई सुरक्षा मजबुद बनाउनुपर्ने अवस्था रहेको बताए।

उनले आक्रमणपछिको भिडियो सार्वजनिक गर्दै विभिन्न ठाउँको अवस्था यस्तै दर्दनाक रहेको उल्लेख गरेको अल जजिराले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.