काठमाडौं । रुसले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृह नगर किभ रिहमा शक्तिशाली मिसाइल आक्रमण गरेको छ। आवसीय भवनहरुलाई लक्षित गरेर भएको आक्रमणमा ९ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।
ठूला अपार्टमेन्टमा भएको आक्रमणमा केही व्यक्तिको उद्धार हुन बाँकी रहेको जनाइएको छ। युक्रेनका आन्तरिक मामिला मन्त्री इहोर क्लीमेन्कोका अनुसार भग्नावशेषबाट केही व्यक्तिलाई निकाल्न बाँकी छ।
आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हरेक क्षण हरेक घण्टा आतंकवादी आक्रमण भइरहेको भन्दै युक्रेनको हवाई सुरक्षा मजबुद बनाउनुपर्ने अवस्था रहेको बताए।
उनले आक्रमणपछिको भिडियो सार्वजनिक गर्दै विभिन्न ठाउँको अवस्था यस्तै दर्दनाक रहेको उल्लेख गरेको अल जजिराले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, १ जेठ । टर्कीको इस्तानबुलमा हुने भनिएको युक्रेन शान्ति वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने भएका छन् । क्रेमलिनले जारी गरेको प्रतिनिधि मण्डलको सूचीमा पुटिनको नाम समावेश...
रियाद, ३१ बैशाख । अमेरिका र साउदी अरबबीच एक खर्ब ४२ अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता सम्पन्न भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको साउदी अरब भ्रमणका अवसरमा भएको...
एजेन्सी, ३० बैशाख । म्यानमारमा सेना द्वारा सत्तामा रहेको ‘जुन्टा’ को हवाई आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये २० जना बालबालिका र २ जना शिक्षक...
एजेन्सी, २९ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसलाई युद्ध अन्त्य गर्न छलफलका लागि बैठक गर्न आह्वान गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोशल’ मा लेखेका...