भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने सर्वोच्चको आदेश

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिट एकैसाथ सुनुवाइ गर्ने सर्वोच्चको आदेश

काठमाडौँ, १५ पुष । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएका सबै रिट निवेदनलाई एकैसाथ राखेर सुनुवाइ गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी पुरक रिटलाई समेत एउटै इजलासमा समेटेर सुनुवाइ गर्ने आदेश भएको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल तथा न्यायाधीशहरू हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा र नहकुल सुवेदी सम्मिलित संवैधानिक इजलासले आज नेपाली कांग्रेसका निर्वतमान आठ सांसदले दायर गरेको पुरक रिट निवेदनलाई अन्य रिटसँगै राखेर सुनुवाइ गर्ने आदेश दिएको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाली कांग्रेसका ५७ जना पूर्वसांसदले यसअघि रिट निवेदन दायर गरेका थिए।

विघटित प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जना पूर्वसांसदले आफूहरूले दिएको अघिल्लो निवेदनसँग सरिक हुन पाउँ भन्दै पुरक निवेदन दायर गरेका हुन्।

यसअघि संसद् पुनःस्थापनाको माग गर्दै दायर गरिएका १७ वटा रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा सभामुखसहित सम्बन्धित पक्षबाट लिखित जवाफ पेश भइसकेको छ।

 


Thali Mobile Pvt.Ltd.