भर्खरै : Sorry, your browser does not support inline SVG.
रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु | सरकारको १५ दिने प्रतिबद्धता पूरा भएन, सुकुम्बासी फेरि सडकमा | फर्पिङ र नेपालगञ्जमा प्रहरीको कारबाही, लागूऔषधसहित तीन जना नियन्त्रणमा | जनकपुर वार्तापछि आन्दोलनकारीको विश्वास : गृहमन्त्री गुरुङले प्रतिबद्धता पूरा गर्नुहुन्छ | ६ स्वास्थ्य विज्ञान प्रतिष्ठान पदाधिकारीविहीन, शैक्षिक अनुसन्धान र प्रशासनिक काम प्रभावित | दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट |

गाजामा युद्धको पहिलो १५ महिनामा ज्यान गुमाउने संख्या रिपोर्टभन्दा बढी: अध्ययन

गाजामा युद्धको पहिलो १५ महिनामा ज्यान गुमाउने संख्या रिपोर्टभन्दा बढी: अध्ययन

एजेन्सी, ८ फागुन। इजरायल–गाजा युद्धको पहिलो १५ महिनामा ज्यान गुमाउनेको सङ्ख्या स्थानीय रिपोर्टमा देखाइएको भन्दा धेरै रहेको छ। मेडिकल जर्नल द ल्यान्सेटको अध्ययन अनुसार यस अवधिमा गाजामा ७५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

तर गाजाका स्थानीय स्वास्थ्य अधिकारीहरूले भने यो सङ्ख्या ४९ हजार रहेको बताएका थिए। अध्ययनले युद्धको पहिलो १५ महिनामा हिंसात्मक मृत्युमा महिला, बालबालिका र वृद्धवृद्धा ५६ दशमलव २ प्रतिशत रहेको देखाएको छ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी सैन्य कारबाही शुरू गरेको थियो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अहिलेसम्म ७२ हजारभन्दा धेरै मानिस मारिएका छन्, र यस तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मान्दै आएको छ।

इजरायलले गाजाको स्वास्थ्य मन्त्रालयमा हमासको नियन्त्रण रहेको भन्दै तथ्याङ्कमा प्रश्न उठाएको छ। यद्यपि एक वरिष्ठ इजरायली सैन्य अधिकारीले गत महिना सञ्चारमाध्यमलाई तथ्याङ्कहरू सही रहेको पुष्टि गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.