भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

गाजामा युद्धको पहिलो १५ महिनामा ज्यान गुमाउने संख्या रिपोर्टभन्दा बढी: अध्ययन

गाजामा युद्धको पहिलो १५ महिनामा ज्यान गुमाउने संख्या रिपोर्टभन्दा बढी: अध्ययन

एजेन्सी, ८ फागुन। इजरायल–गाजा युद्धको पहिलो १५ महिनामा ज्यान गुमाउनेको सङ्ख्या स्थानीय रिपोर्टमा देखाइएको भन्दा धेरै रहेको छ। मेडिकल जर्नल द ल्यान्सेटको अध्ययन अनुसार यस अवधिमा गाजामा ७५ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन्।

तर गाजाका स्थानीय स्वास्थ्य अधिकारीहरूले भने यो सङ्ख्या ४९ हजार रहेको बताएका थिए। अध्ययनले युद्धको पहिलो १५ महिनामा हिंसात्मक मृत्युमा महिला, बालबालिका र वृद्धवृद्धा ५६ दशमलव २ प्रतिशत रहेको देखाएको छ।

सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टिनी विद्रोही समूह हमासले आक्रमण गरेपछि इजरायलले गाजामा जवाफी सैन्य कारबाही शुरू गरेको थियो। गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अहिलेसम्म ७२ हजारभन्दा धेरै मानिस मारिएका छन्, र यस तथ्याङ्कलाई संयुक्त राष्ट्रसङ्घले विश्वसनीय मान्दै आएको छ।

इजरायलले गाजाको स्वास्थ्य मन्त्रालयमा हमासको नियन्त्रण रहेको भन्दै तथ्याङ्कमा प्रश्न उठाएको छ। यद्यपि एक वरिष्ठ इजरायली सैन्य अधिकारीले गत महिना सञ्चारमाध्यमलाई तथ्याङ्कहरू सही रहेको पुष्टि गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.