नदीमा बगेर बुटवलमा एक जनाको मृत्यु, एक वेपत्ता

नदीमा बगेर बुटवलमा एक जनाको मृत्यु, एक वेपत्ता

बुटवल । तिनाउमा डुबेर एक बालकको मृत्यु भएको छ । बुटवलको तिनाउ नदीमा डुबेर एक बालकको मृत्यु भएको हो । घटनामा एक बालक बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बागलुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव पौडी खेलेको स्थान भन्दा केही तल नदी छेउमा भेटिएको प्रहरीले जनाएको छ । आमासँग सानी आमाको घरमा बुटवल सिर्जनानगर आएका विवश खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डे तिनाउ नदीमा बगेको प्रहरीको भनाई छ ।

बुटवल उपमहानगरपालिका ११ श्रृजनानगरमा आफन्तकोमा आएका २ बालक नदीमा पौडी खेल्ने क्रममा शुक्रबार बगेका हुन ।
पौडी खेल्न गएका ३ जनामध्ये दुई जनालाई नदीले बगाएको देखेपछि सँगै गएका अर्का बालकले आफन्तलाई खवर गरेका थिए। दुवै बालक दिदी बहिनीका छोराहरु भएको प्रहरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.