भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित | भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन भएको ईसीमोडको अध्ययन प्रतिवेदन | चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन | साउदी विमानस्थलमा आक्रमणमा घाइते नेपाली खतरामुक्त, पक्राउ परेका पनि रिहा | दसैँका लागि १ लाख ३० हजारभन्दा बढीले लिए अग्रिम टिकट, घर फर्किनेको चाप बढ्यो |

टी–२० विश्वकपमा आज क्यानडाले आयरल्यान्डको सामना गर्दै

टी–२० विश्वकपमा आज क्यानडाले आयरल्यान्डको सामना गर्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करणमा शुक्रबार क्यानडाले आयरल्यान्डको सामना गर्दैछ । खेल अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय रङ्गशालामा राति २०ः१५ बजे सुरु हुनेछ ।

आयरल्यान्ड र क्यानडा प्रतियोगिताको समूह ‘ए’ मा छन् । उक्त समूहमा अमेरिका, भारत र पाकिस्तान पनि छन् । उक्त समूहमा खेल्न लागिएको यो चौथो खेल हो । समूहको पहिलो खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो ।

दोस्रो खेलमा भारतले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा अमेरिकाले पाकिस्तानलाई सुपर ओभरमा पराजित गरेको थियो । दुई खेल खेलेको अमेरिका चार अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । टी–२० विश्वकपमा आयरल्यान्डको यो आठौँ सहभागिता हो । क्यानडाको भने टी–२० विश्वकपमा यो पहिलो सहभागिता हो ।

टी–२० विश्वकपमा आयरल्यान्डले हालसम्म २६ खेल खेलेको छ । आयरल्यान्डले त्यसमध्ये सात खेलमा जित र १६ खेलमा हारको नतिजा निकालेको छ । आयरल्यान्डको तीन खेल भने अनिर्णीत रूपमा सकिएको छ । क्यानडाले भने टी–२० विश्वकपमा एकमात्र खेल खेलेर हार भोगेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.