भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुको सुझाव

आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुको सुझाव

काठमाण्डौ । गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताको गुनसो सम्बोधन गर्न उक्त निर्देशन दिएको हो ।

नेप्सेले विज्ञप्ति निकालेर लगानीकर्ता तथा सरोकारवालाहरुबाट टीएमएस सम्बन्धी विभिन्न गुनासाहरु प्राप्त भएकाले त्यस्ता समस्यालाई यथाशिघ्र समाधान गर्न र यसका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन सम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवम् गुनासाहरुबारे सम्बोधन गर्न नेप्सेले उक्त कदम चालेको बताएको छ ।

वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको पनि शेयर मूल्य आधारबिनै बढेको हुनाले हल्लाको पछि नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

पछिल्ला दिनहरूमा नेप्सेको घटबढ भइरहे पनि धेरै रकमको कारोबार हुँदै आएको छ । मङ्गलवार इतिहासमै सबैभन्दा धेरै गिरावट बेहोरेको शेयर बजार फेरि बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.