भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुको सुझाव

आधारभूत र प्राविधिक पक्ष विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुको सुझाव

काठमाण्डौ । गुनासो सम्बोधन गर्न ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले लगानीकर्ताको गुनसो सम्बोधन गर्न उक्त निर्देशन दिएको हो ।

नेप्सेले विज्ञप्ति निकालेर लगानीकर्ता तथा सरोकारवालाहरुबाट टीएमएस सम्बन्धी विभिन्न गुनासाहरु प्राप्त भएकाले त्यस्ता समस्यालाई यथाशिघ्र समाधान गर्न र यसका लागि प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

धितोपत्र कारोबार सञ्चालन तथा कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन सम्बन्धी जिज्ञासा तथा सञ्चालनका क्रममा लगानीकर्ताहरुले भोगेका विभिन्न समस्या एवम् गुनासाहरुबारे सम्बोधन गर्न नेप्सेले उक्त कदम चालेको बताएको छ ।

वित्तीय अवस्था राम्रो नभएका कम्पनीहरूको पनि शेयर मूल्य आधारबिनै बढेको हुनाले हल्लाको पछि नलागी कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग विश्लेषण गरेर मात्र लगानी गर्न विज्ञहरुले सुझाव दिँदै आएका छन् ।

पछिल्ला दिनहरूमा नेप्सेको घटबढ भइरहे पनि धेरै रकमको कारोबार हुँदै आएको छ । मङ्गलवार इतिहासमै सबैभन्दा धेरै गिरावट बेहोरेको शेयर बजार फेरि बढेको छ ।

 


Thali Mobile Pvt.Ltd.