भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर

थमन विक हत्या प्रकरण : पूर्वसांसद लक्ष्मी महतोसहित ६ जनालाई ५ वर्ष कैद, ३ जनाको जन्मकैद सदर

काठमाडौं, १८ असार । प्रहरी सहायक निरीक्षक (असई) थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले प्रतिनिधिसभाका पूर्वसांसद लक्ष्मी महतो कोइरीसहित ६ जनालाई पाँच वर्ष कैद सजाय सुनाएको छ भने तीन जनाको जन्मकैद सजायलाई सदर गरेको छ।

कामु मुख्यन्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले पूर्वसांसद लक्ष्मी महतो कोइरी, मधेश प्रदेशसभाका निलम्बित सदस्य अभिराम शर्मा, धर्मेन्द्र राय, रामशङ्कर मिश्र, सुरेश पाण्डे र पवन कापरलाई जनही पाँच वर्ष कैदको सजाय सुनाएको हो।

त्यस्तै, प्रतिवादी प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत दोषी ठहर गर्दै महोत्तरी जिल्ला अदालतले सुनाएको जन्मकैदको सजाय उच्च अदालतले सदर गरेको छ।

अदालतका अनुसार प्रहरी सहायक निरीक्षक थमन विकको मृत्यु कुटपिटका कारण भएको पुष्टि भएको छ। फैसलाअनुसार पूर्वसांसद महतोसहित पाँच वर्ष कैद सजाय पाएका प्रतिवादीले प्रत्यक्ष रूपमा कुटपिट गरेको वस्तुनिष्ठ प्रमाण नपाइए पनि सहअभियुक्तहरूको बयान तथा अन्य प्रमाणका आधारमा उनीहरू ज्यान मार्ने घटनामा संलग्न रहेको ठहर गरिएको छ।

प्रहरी सहायक निरीक्षक थमन विकको २०७२ साल भदौ २५ गते मधेश आन्दोलनका क्रममा महोत्तरीमा आन्दोलनकारीको कुटपिटबाट मृत्यु भएको थियो।

 


Thali Mobile Pvt.Ltd.