भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने

राष्ट्र बैंकले देशभर ग्राहक सन्तुष्टि सर्वेक्षण गर्ने, १० हजारभन्दा बढी नमुना सङ्कलन गरिने

काठमाडौं, १८ असार । नेपाल राष्ट्र बैंकले वित्तीय सेवाप्रति ग्राहकको सन्तुष्टिको स्तर मापन गर्न देशव्यापी ग्राहक सन्तुष्टि सर्वेक्षण सञ्चालन गर्ने भएको छ।

राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै देशका सबै जिल्लाका सबै प्रकारका स्थानीय तह समेट्ने गरी ‘र्‍यान्डम स्याम्पलिङ’ विधिबाट वडा छनोट गरी १० हजार ४०५ नमुना सङ्कलन गरिने जनाएको छ।

सर्वेक्षणमार्फत वित्तीय सेवाको पहुँच, सेवा गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवाप्रति ग्राहकको धारणा र अनुभवबारे जानकारी सङ्कलन गरिनेछ।

राष्ट्र बैंकका अनुसार सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षणलाई थप प्रभावकारी बनाउन तथा वित्तीय सेवाको गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम र नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सर्वेक्षणलाई प्रभावकारी, विश्वसनीय र यथार्थपरक बनाउन तथ्याङ्क सङ्कलनका क्रममा सम्बन्धित सबै निकाय तथा सरोकारवालालाई सही र निष्पक्ष जानकारी उपलब्ध गराई सहयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.