भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबार उद्घाटन हुँदै

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल शनिबार उद्घाटन हुँदै

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) शनिबारबाट शुरू हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको एनपीएल भोलिबाट शुरु हुने भएको हो ।

काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा एनपीएलको भव्य शुभारम्भ हुने क्यानले जनाएको छ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ ।

घरेलु क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएलमा आठ फ्रेञ्चाइज टिम विराटनगर किङ्स, जनकपुर बोल्ट, चितवन राइनोज, काठमाण्डौं गुर्खाज, पोखरा एभेन्जर्स, कर्णाली याक्स, लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली क्रिकेटका लागि एनपीएल आयोजना हुनु ठूलो उपलब्धि भएको र देशविदेशका नेपाली र विदेशी क्रिकेटप्रेमीहरूले समेत यो प्रतियोगितालाई चासोपूर्वक लिएको क्यानले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.