भर्खरै : Sorry, your browser does not support inline SVG.

काठमाडौं केन्द्रीत भन्दा पनि जिल्ला केन्द्रीत हुँदा देशको विकास हुँन्छः सांसद सुवाल

काठमाडौं केन्द्रीत भन्दा पनि जिल्ला केन्द्रीत हुँदा देशको विकास हुँन्छः सांसद सुवाल

काठमाडौं । नेताले निर्वाचन जितेपछि काठमाडौं होइन आफ्नो जिल्ला छान्नु पर्ने नेपाल मजदुर किसान पार्टीका सचिव एंवम् प्रतिनिधिसभा सदस्य प्रेम सुवालले बताउनुभएको छ । सांसद प्रेम सुवालले सांसदले आफ्नो जिल्ला विकास गरे मात्र देशको विकास हुने बताउँनु भएको हो ।

सांसद सुवालले भन्नुभयो “निर्वाचनकै बेला जितेपछि काठमाडौं बस्छौँ, यहाँको विकासको आशा नगर्नु जनता भन्न सक्नुपर्ने”बताउनुभयो । सांसद सुवालले अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दफा २ को खण्ड (च) को उपखण्ड ५ मा सार्वजनिक संस्थालाई नेपाल सरकारको ऋण वा अनुदानमा सञ्चालित संस्था भनेर व्याख्या गरिएको भन्दै जनताको शेयर लगानी भएको निजी कम्पनी र संस्थान पनि सार्वजनिक निकायमा राख्नुपर्ने माग गर्नुभयो ।

उहाँले जनतासँग इमान्दारिताकासाथ नेताले भन्नु पर्ने बताउँदै अहिलेसम्म नेताहरुले गर्दै आएको काम जिल्ला भन्दा नि काठमाडौं केन्द्रीत भएर जिल्लाको विकास नभएको दाबी समेत गर्नुभयो ।

सांसद सुवालले बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको सम्बन्धमा छलफलमा उक्त कुरा बताउनुभएको हो ।

 


Thali Mobile Pvt.Ltd.