भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

हंगेरीले अस्वीकार गदै आएको प्रस्तावलाई सहमतिमा टुंग्याउँदै युक्रेनलाई ५० अर्ब यूरो सहयोग

हंगेरीले अस्वीकार गदै आएको प्रस्तावलाई सहमतिमा टुंग्याउँदै युक्रेनलाई ५० अर्ब यूरो सहयोग

एजेन्सी । युक्रेनलाई ५० अर्ब यूरो बराबरको सहयोग गर्ने भएको छ । युरोपेली राष्ट्रहरुले युद्धरत मुलुक युक्रेनलाई अमेरिकी कंग्रेसले गर्दै आएको सहयोग रोकेसँगै यूरोपेली राष्ट्रबाट ५० अर्ब यूरो बराबरको सहयोग गर्ने सहमति भएको हो ।

सहयोगको पहिलो किस्ता आगामी मार्च महिनासम्म आइपुग्ने युक्रेनको अर्थमन्त्रालयले जनाएको छ । उपलब्ध सहयोग युक्रेनले अगामी ४ वर्षका लागि तलब, पेन्सन तथा अन्य खर्चमा उपयोग गर्नेछ ।

युरोपका २७ नेताहरुबीच सहयोग उपलब्ध गराउने सहमति भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । हंगेरीले अस्वीकार गदै आएको प्रस्तावलाई सहमतिमा टुंग्याइएको छ । गत डिसेम्बरमा यूरोपियन समिटमा झैँ हंगेरीका प्रधानमन्त्रीले फेरि पनि राहत सामग्रीमा रोक लगाउने सम्भावना पनि रहेको बताइएको छ ।

यो निर्णय भएसँगै युुक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले यूरोपेली राष्ट्रहरुको आर्थिक र वित्तीय स्थिरता सृजना गर्न मद्दत पुग्ने भन्दै सहयोगका लागि आभार प्रकट गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.