भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाका ६० क्यामेरा हराए

चितवन–पर्सा कम्प्लेक्समा बाघ गणनाका ६० क्यामेरा हराए

चितवन, ९ फागुन । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनाका लागि राखिएका ६० वटा क्यामेरा हराएका छन्।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार समस्याग्रस्त ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रिएका छन्। दुवै निकुञ्जमा कुल १,७८० वटा क्यामेरा प्रयोग गरिएको थियो।

गत पुस ३ गते सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ। दुई निकुञ्जलाई एउटा कम्प्लेक्स र कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी ९५८ ग्रिड बनाएर गणना गरिएको थियो।

प्रत्येक दुई वर्ग किलोमिटर क्षेत्रलाई एक ग्रिड मानेर १७ रातसम्म क्यामेरा राखेर तथ्याङ्क संकलन गरिएको जनाइएको छ।यसअघि सन्  २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। सो क्रममा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए।

 


Thali Mobile Pvt.Ltd.