भर्खरै : Sorry, your browser does not support inline SVG.
कालीमाटी बजारमा कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण | चीनको ग्वाङ्सीमा ५.२ म्याग्निच्यूडको भूकम्प, २ जनाको मृत्यु र १ बेपत्ता | सुनकोशीका दुई अस्थायी बेलिब्रिज निकालिए स् खोटाङ पूर्वी तराईसँग सीधा यातायात | बाँझो बलौटे जमिनमा तरबुजा खेतीस् दैनिक १२ हजार कमाउँदै सुन्दर | यी प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने | नेपालमा स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो | फोक्सिङटार र बङ्शिलाघाटमा बेलिब्रिज हटाएपछि पूर्वी तराईसँगको यातायात सम्पर्क विच्छेद | केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा |

तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई पक्राउ

तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई पक्राउ

दाङ, ९ फागुन । तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई शनिबार पक्राउ गरिएको हो।

यसअघि सोही घटनामा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरिएको थियो। प्रहरीले झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ भने अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन रवि लामिछानेबालेन साह आउने खबरपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भिडमा झण्डा जलाइएको बताइएको छ। एमालेले घटनाको विरोध गर्दै कारबाहीको माग गरेको छ।

 


Thali Mobile Pvt.Ltd.