भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई पक्राउ

तुलसीपुरमा एमालेको झण्डा जलाएको आरोपमा थप दुई पक्राउ

दाङ, ९ फागुन । तुलसीपुरमा नेकपा एमालेको झण्डा जलाएको आरोपमा थप दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार तुलसीपुर उपमहानगरपालिका–४ हलवार निवासी ३० वर्षीय रमेश राना मगर र तुलसीपुर–६ गाइडहर निवासी २४ वर्षीय विक्रम परियारलाई शनिबार पक्राउ गरिएको हो।

यसअघि सोही घटनामा तुलसीपुर–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई शुक्रबार पक्राउ गरिएको थियो। प्रहरीले झण्डा जलाउने कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ भने अन्य सम्भावित संलग्न व्यक्तिहरूको खोजी भइरहेको छ।

दाङको घोराहीमा हुने कार्यक्रममा सहभागी हुन रवि लामिछाने र बालेन साह आउने खबरपछि तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका समर्थकहरूको भिडमा झण्डा जलाइएको बताइएको छ। एमालेले घटनाको विरोध गर्दै कारबाहीको माग गरेको छ।

 


Thali Mobile Pvt.Ltd.