भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पसल नै बन्द गर्ने चेतावनी

सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पसल नै बन्द गर्ने चेतावनी

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले खैनी सुर्तीको अनुगमन गर्ने भएको छ । खैनी र सुर्तीजन्य पदार्थ खान र यसको बिक्रीमा पूर्ण रोक लगाएको महानगरले कसैले सुर्ती तथा खैनी बिक्री गरे नगरेकोबारे अनुगमन गर्ने भएको हो ।

महानगरले पहिलो चरणमा ५० जना नगरप्रहरी र सादा पोसाकका प्रहरी परिचालन गरी विक्रि वितरण गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गरी कारबाही गर्ने जनाएको छ । रोग लागिसकेपछि लाखौँ रुपैयाँ खर्च गर्नुको साटो रोगै लाग्न नदिनु उत्तम भएकाले महानगरले यस्तो नियम कडाइकासाथ लागू गर्ने महानगरपालिकाको स्वास्थ्य विभागले जनाएको छ ।

सबै पसलमा अनुगमन गर्ने र अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने महानगरले चेतावनी दिएको छ ।

सार्वजनिक ठाउँमा चुरोट खाएको पाइए सय रुपैयाँसम्म जरिबाना गराउने र सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा पारिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्थालाई कडाइकासाथ कार्यान्वयन गर्न महानगरपालिका कुनै कसुर बाकी नराख्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.