भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मिलेर आर्थिक सङ्कटलाई पार लगाउने पाकिस्तानमा नेताहरुको दाबी, छ दलीय गठबन्धन सरकार बन्ने

मिलेर आर्थिक सङ्कटलाई पार लगाउने पाकिस्तानमा नेताहरुको दाबी, छ दलीय गठबन्धन सरकार बन्ने

काठमाडौं । पाकिस्तानमा छ दलीय गठबन्धनमा नयाँ सरकार बन्ने भएको छ । पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउँने भएको हो ।

गठबन्धनमा आबद्ध दलका नेताहरूले संयुक्त पत्रकार सम्मेलन गरेर चुनावमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गरे पनि अब मिलेर आर्थिक सङ्कटलाई पार लगाउने बताएका छन् । पूर्वप्रधानमन्त्री नवाज शरीफले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।

अकूत सम्पत्ति कमाएको मुद्दामा सात महिना जेल बसेका शरीफलाई विशेष अदालतले सफाइ दिएको थियो । यसैबीच पूर्वप्रधानमन्त्री नवाज शरीफले पन्जाब प्रान्तको मुख्यमन्त्रीमा छोरी मरियमलाई उम्मेदवार बनाएका छन् ।

पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् । पाकिस्तानमा सम्पन्न चुनावमा पूर्वप्रधानमन्त्री इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारहरूले सबैभन्दा धेरै सिट जितेका छन् । उनीहरूसँग दलीय हैसियत नभएकोले दोस्रो स्थानमा रहेको पीएमएल–एनको नेतृत्वमा गठबन्धन बनेको हो ।

 


Thali Mobile Pvt.Ltd.