भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन व्यवसाय

आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन व्यवसाय

काठमाडौं । पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमाफत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने यस क्षेत्रका विज्ञ बताउँछन् । ‘होटेलियर समिट २०२४’ का सबैजसो वक्ताले पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखेका छन् ।

सरकारी निकाय, उद्योगपति, पर्यटन व्यवसायी तथा नीति निर्माण तहमा रहेका अधिकारीले सामूहिक आवाजमा पर्यटनलाई देशको मुहार फेर्ने उपयुक्त अस्त्रका रुपमा लिन सकिने उनीहरुले व्याख्या गरे । नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै भएको उनीहरुको धारणा छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, पुरातात्विक सांस्कृतिक सम्पदा एवं धार्मिक, भाषिक र जातीय विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षण बन्दै गएको छ ।

कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । विदेशी आगमनमा सकारात्मक बढोत्तरी भइरहेको र पर्यटकीय पूर्वाधार पर्याप्त रहेको अवस्थामा विदेशी पर्यटक बढाएर पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता छ।

 


Thali Mobile Pvt.Ltd.