भर्खरै : Sorry, your browser does not support inline SVG.
कान्ति लोकपथ १५ दिनका लागि दैनिक ६ घण्टा बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनको आग्रह | तातो लहरले सताएको तराई, भोलिदेखि वर्षाले राहत मिल्ने आशा | जम्मू-कश्मीरको नियन्त्रण रेखा आसपास गोलीबारी, भारत-पाकिस्तानबीच तनाव चुलियो | काठमाडौं उपत्यकाका सम्पदा हाम्रो सभ्यताको गौरवपूर्ण चिनारी हुन् : मन्त्री पाण्डे | भक्तपुर जिल्लामा क्रियाशिल पत्रकारहरूसँग जनस्वास्थ्य कार्यालयको अन्तरक्रिया कार्यक्रम | कोशी प्रदेशको आर्थिक वृद्धिमा वृद्धि, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख | तराई–मधेशमा उच्च गर्मी र तातो हावा, काठमाण्डौमा पनि बढ्ने गर्मी | भारत र पाकिस्तान बीचको तनाव: एक नयाँ युद्धको मोडमा |

आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन व्यवसाय

आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन व्यवसाय image

काठमाडौं । पर्यटन व्यवसाय आर्थिक समृद्धिको महत्वपूर्ण आधार हो । तीनखम्बे अर्थतन्त्रमा ऊर्जा, कृषि र पर्यटलाई लिइएको छ । पर्यटन क्षेत्रको विकासमाफत नेपालको आर्थिक अवस्थामा आमूल परिवर्तन ल्याउन सकिने यस क्षेत्रका विज्ञ बताउँछन् । ‘होटेलियर समिट २०२४’ का सबैजसो वक्ताले पर्यटनबाटै मुलुकको आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखेका छन् ।

सरकारी निकाय, उद्योगपति, पर्यटन व्यवसायी तथा नीति निर्माण तहमा रहेका अधिकारीले सामूहिक आवाजमा पर्यटनलाई देशको मुहार फेर्ने उपयुक्त अस्त्रका रुपमा लिन सकिने उनीहरुले व्याख्या गरे । नेपालको मुहार फेर्ने क्षेत्र पर्यटन नै भएको उनीहरुको धारणा छ । अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक विविधता, पुरातात्विक सांस्कृतिक सम्पदा एवं धार्मिक, भाषिक र जातीय विविधतायुक्त मुलुक नेपाल विश्व पर्यटनको आकर्षण बन्दै गएको छ ।

कोरोना महामारीपूर्व १२ लाख विदेशी पर्यटकलाई स्वागत गरेको नेपालले महामारीपछि चलायमान बनिरहेको यस क्षेत्रको व्यापक प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारीकरणलाई तीव्रता दिएको छ। चालु आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सरकारको छ ।

सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक मनाएर वार्षिक ३५ लाख पर्यटक भित्र्याउने सरकारको योजना छ । विदेशी आगमनमा सकारात्मक बढोत्तरी भइरहेको र पर्यटकीय पूर्वाधार पर्याप्त रहेको अवस्थामा विदेशी पर्यटक बढाएर पर्यटनको माध्यमबाट अर्थतन्त्रलाई गतिशील बनाउनुपर्ने आवश्यकता छ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.