उपत्यकामा सुरु भयो इन्द्रजात्रा

उपत्यकामा सुरु भयो इन्द्रजात्रा

काठमाडौं । इन्द्रजात्रा पर्व आजदेखि सुरु भएको छ । हनुमानढोका अगाडि इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको हो ।

जात्रामा गणेश, भैरव र कुमारीको रथयात्रा, विभिन्न देवीदेवताको पूजा र नाचगान गरी आठ दिनसम्म मनाइन्छ । इन्द्रजात्राको मुख्य दिन असोज १ गते पर्दछ ।

यस दिन राष्ट्रपतिले इन्द्रजात्रा अवलोकन गर्ने प्रचलन रहेको छ । सो दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गर्दछ ।

इन्द्रलाई वर्षा र सहकालका देवताको रुपमा पूजा गरिदै आएको छ ।

इन्द्र जात्रा काठमाडौं ललितपुर, भक्तपुर, काभ्रे, दोलखालगायत जिल्लामा विशेष उल्लासका साथ मनाइदै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.