भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाखभन्दा बढी राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ, १७ बैशाख । काठमाडौँ उपत्यकामा बितेका २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४८९ सवारी चालक कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ७४ हजार ५०४ राजस्व सङ्कलन भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ४९ जनालाई कारबाही गरिएको छ । यस्तै, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने २५८, ट्राफिक सङ्केत उल्लङ्घन गर्ने १७० र तीव्र गतिमा सवारी चलाउने ११२ जनालाई समेत कारबाही गरिएको कार्यालयले जनाएको छ ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ३२५ , निषेधित क्षेत्रमा हर्न बजाउने ६४ , सडक पेटीमा सवारी पार्किङ गर्ने १२१ , निर्धारित स्थानमा यात्रु चढाउने तथा ओराल्ने नियम उल्लङ्घन गर्ने ६२ र अन्य विभिन्न सवारी नियम उल्लङ्घन गर्ने १ हजार ३२८ जनालाई कारबाही गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.