भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

युएईद्वारा इरानी आक्रमणको निन्दा, सुरक्षा बल उच्च सतर्कतामा

युएईद्वारा इरानी आक्रमणको निन्दा, सुरक्षा बल उच्च सतर्कतामा

काठमाडाैं, १७ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भूमिमा इरानबाट गरिएको पछिल्लो आक्रमणको कडा शब्दमा निन्दा गरेको छ । युएईले उक्त कदमलाई राष्ट्रिय सार्वभौमसत्तामाथिको ठाडो उल्लंघन तथा अन्तर्राष्ट्रिय कानुनविपरीत कार्य भएको जनाएको छ ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आधिकारिक धारणा अनुसार युएईले इरानको प्रहारलाई खतरनाक र कायरतापूर्ण कदमको संज्ञा दिएको छ । यस्ता गतिविधिले सर्वसाधारण नागरिकको सुरक्षामा गम्भीर खतरा पैदा गर्ने तथा समग्र क्षेत्रीय स्थिरतालाई कमजोर बनाउने चेतावनी समेत दिइएको छ ।

युएईको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार इरानले प्रहार गरेका १३७ वटा ब्यालिस्टिक मिसाइल र २०९ वटा ड्रोनलाई रक्षा प्रणालीले बीचमै निष्क्रिय पारेको दाबी गरिएको छ । तर केही ड्रोन भने देशको स्थल तथा जलक्षेत्रमा खसेका थिए ।

मन्त्रालयका अनुसार खसेका ती १४ वटा ड्रोनका कारण सीमित भौतिक क्षति भएको छ । हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै युएईले आफ्ना सबै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.