भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा

काठमाडौं, १७ फागुन । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनको घोषणा संगै ४० दिनको शोकको घोषणा गरिएको छ ।

यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत् खामेनी मारिएको दाबी गरेका थिए, तर इरानले यसबारे पुष्टि गरेको थिएन ।

इरानका विदेशमन्त्री अब्बास अराघचीले एनबीसीसँगको अन्तरवार्तामा आफ्ना नेता सुरक्षित र स्वस्थ रहेको दाबी गरेका थिए । तर पछि राज्य टेलिभिजनका एक प्रस्तोताले भावुक हुँदै उनको निधन पुष्टि गरेका छन् ।

अहिलेसम्म यसबारे थप विवरण आउन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.