भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

आज उभौली पर्व, किरात राई समुदायले देशभर मनाउँदै

आज उभौली पर्व, किरात राई समुदायले देशभर मनाउँदै

काठमाडाैं, १८ वैशाख । आज वैशाख शुक्ल पूर्णिमाका अवसरमा किरात राई समुदायले परम्परागत उभौली पर्व देशभरका भूमिस्थानमा पूजा आराधना गरी मनाइरहेका छन् ।

बाली लगाउनुअघि राम्रो उत्पादन होस् भन्ने कामना गर्दै प्रकृतिको पूजा गर्ने परम्परा यस पर्वसँग जोडिएको छ । गर्मी बढ्दै जाँदा बेँसीबाट लेकतर्फ उक्लिने चलनका कारण यसलाई उभौली पर्व भनिएको हो ।

किरात समुदायको विश्वासअनुसार वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी तथा जङ्गली जनावर पनि लेकतर्फ उक्लिन्छन् । साथै नदीका माछा पनि गर्मीबाट बच्न माथिल्लो क्षेत्रमा जाने मान्यता रहेको छ ।

मार्गशीर्ष शुक्ल पूर्णिमामा बाली भित्र्याएर बेँसी झरेका मानिसहरू आजदेखि पुनः लेकतर्फ उक्लिने परम्परा छ । ‘उँभो’ शब्दले उन्नति, समृद्धि र राम्रो उत्पादनको प्रतीक जनाउने मानिन्छ ।

यस अवसरमा चण्डी नाच तथा साकेला नाच नाच्ने परम्परा रहेको छ । त्यसैले यस दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।

ललितपुरको हात्तीवनस्थित साकेला स्थलमा किरात समुदायका सदस्यहरूले पूजा आराधना गर्ने तयारी गरेका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिकामा भने परम्पराअनुसार यो पर्व जेठ २२ गतेपछि मनाइने गरिएको छ ।

किरात समुदायका केही समूहले भने माघ १ गते उभौली र साउन १ गते उधौली पर्व मनाउने चलन पनि रहेको छ । तर अधिकांशले वैशाख शुक्ल पूर्णिमालाई मुख्य उभौली पर्वका रूपमा मनाउँदै आएका छन् ।

 


Thali Mobile Pvt.Ltd.