भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

युक्रेनी सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश

युक्रेनी सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश

एजेन्सी । युक्रेनको सेना रुसको ३० किलोमिटर क्षेत्रभित्र प्रवेश गरेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि शक्तिशाली आक्रमण गरेयता युक्रेनले गरेको प्रतिकारात्मक कारबाहीको यो सबैभन्दा ठूलो घटना हो।

रुसको रक्षा मन्त्रालयका अनुसार उसको सैन्य बल र युक्रेनी सैन्य बलबीच टोलपिनो र ओब्स्ची कोलोदेज गाउँमा मुठभेड भएको छ। त्यस्तै कुस्रक क्षेत्रमा आक्रमण सुरु गरेको युक्रेनी सेना त्यहाँबाट फर्किएको छैन। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभाले युक्रेनले घुसपैठ गरी रुसको शान्त समाजलाई तर्साउने काम गरेको आरोप लगाएकी छिन्।

यता युक्रेनी राष्ट्रपति भोलोमिर जेलेन्स्कीले आफ्नो सेनाले रुसमाथि आक्रमण गरेको पहिलोपटक स्वीकार गरेका छन्। एक वरिष्ठ युक्रेनी अधिकारीले एएफपी समाचार एजेन्सीलाई दिएको जानकारीअनुसार युक्रेनका हजारौँ सैनिक रुसी भूभागमा पसेका छन्। यसअघि मस्कोले युक्रेनका एक हजार सैनिक रुस घुसेको आरोप लगाएको थियो । सामाजिक सञ्जालहरुमा सार्वजनिक भिडियोमा युक्रेनी सेना रुसी सडकहरुमा लाम लागेर अघि बढेको तथा विभिन्न ठाउँमा रुसी झण्डा निकालेर युक्रेनी झण्डा फहराएको देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.