भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

लेबनानको बेका उपत्यकामा इजरायली हवाइ हमला

लेबनानको बेका उपत्यकामा इजरायली हवाइ हमला

बेका उपत्यका । लेबनानको पूर्वी भागस्थित बेका उपत्यकामा शुक्रबार भएको इजरायली हवाइ हमलामा १० जनाको मृत्यु भएको छ। मारिनेमा हुसैन मोहम्मद याघी (हुसैन याघी) पनि रहेका छन्।

लेबनानका आधिकारिक तथा सुरक्षा स्रोतहरूले घटनाको पुष्टि गरेका छन्। हुसैन याघी पूर्व हिजबुल्लाह सांसद मोहम्मद याघी (अबु सलीम) का छोरा हुन् र संगठनका वरिष्ठ कमाण्डरका रूपमा परिचित थिए।

हिजबुल्लाहले उनको ‘शहादत’ घोषणा गर्दै लेबनान र जनताको रक्षाका क्रममा मृत्यु भएको जनाएको छ। केही रिपोर्टमा अन्य दुई कमाण्डर अली जायद अल–मुसावी र मोहम्मद इब्राहिम अल–मुसावी पनि मारिएको उल्लेख छ।

लेबनानी सुरक्षा स्रोतअनुसार इजरायली विमानहरूले आवासीय क्षेत्र र हिजबुल्लाहका स्थलहरूमा कम्तीमा ६ वटा हमला गरेका थिए। घाइतेहरूलाई अस्पतालमा उपचारका लागि लगिएको छ भने भग्नावशेषमुनि फसेकाहरूको खोजी जारी छ।

इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले भने बालबेक क्षेत्रमा हिजबुल्लाहका कमान्ड सेन्टरलाई लक्षित गरिएको दाबी गरेको छ। ती सेन्टरहरूबाट इजरायलविरुद्ध आक्रमणको तयारी भइरहेको आरोप आईडीएफले लगाएको छ।

गाजा युद्ध सुरु भएपछि सन् २०२३ अक्टोबरदेखि सीमा क्षेत्रमा हिजबुल्लाह र इजरायलबीच द्वन्द्व जारी थियो। नोभेम्बर २७, २०२४ मा युद्धविराम लागू भए पनि समय–समयमा हमलाहरू भइरहेका छन्। यो घटना युद्धविरामपछि पूर्वी लेबनानमा भएको सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ।

 


Thali Mobile Pvt.Ltd.