भर्खरै : Sorry, your browser does not support inline SVG.
चिकित्सा शिक्षामा ४१८ सिट थपियो, एमबीबीएस र नर्सिङ पढ्ने विद्यार्थीलाई अवसर बढ्ने | मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपीडित परिवारलाई मासिक १५ हजारसम्म सहायता | ७० वर्ष पुरानो प्रहरी ऐन बदलिँदै, सरुवा–बढुवामा ‘हाकिम रिझाउने’ प्रवृत्ति अन्त्य गर्ने गृहमन्त्रीको घोषणा | गोरखा, बागलुङ र धादिङका बाढीपहिरो प्रभावित क्षेत्र तीन महिनाका लागि सङ्कटग्रस्त घोषित | गहुँको न्यूनतम समर्थन मूल्य बढ्यो, अब प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ | पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली |

७ सय ५१ वटा माग सहित प्रधानमन्त्रीलाई एमालेले ज्ञापनपत्र बुझायो

७ सय ५१ वटा माग सहित प्रधानमन्त्रीलाई एमालेले ज्ञापनपत्र बुझायो

काठकाडौं । जनताका ७ सय ५१ वटा माग लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले ज्ञापन पत्र बुझाएको छ । एमालले मंगलबार उक्त माग समेटिएको ज्ञापनपत्र सरकारलाई बुझाएको हो । एमालेले गत मंसिरमा गरेको मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा जनताबाट आएका गुनासोलगायतका समस्याहरु समेटेर ज्ञापनपत्र बुझाएको जनाएको छ ।

जनताबाट आएका गुनासाहरुलाई वर्गीकरण गरी तिनको समाधानको उपायसमेत लिखित रुपमा सरकारलाई बुझाइएको एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । ज्ञापन पत्र ग्रहण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको बताउनुभएको पनि उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

सुझावलाई दराजमा थन्क्याउने नभइ कार्यान्वयन गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिनुभएको बताउनु भयो । पार्टीलाई विभिन्न ४६ वटा जिल्लाबाट प्राप्त भएका ७ सय ५१ वटा माग समेटिएको ज्ञापनपत्रमा गण्डकीका १६१, कोशीका १७०, सुदूरपश्चिमका १३५ र बागमतीका १३३, कर्णालीका ७९, लुम्बिनीका ७५ र मधेसका ८ वटा समस्या र ती समस्याका समाधान समेटिएको उपमहासचिव ज्ञवालीको भनाई छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जनस्तरबाट आएका ७ सय ५१ माग र तिनका समाधानको उपायसहितको ज्ञापनपत्र बुझाएपछि ज्ञापन पत्र ग्रहण गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले यी विषयलाई आफूले गम्भीरताका साथ लिएको र एमालेको अभियानले लोकतन्त्र बलियो बनाउन मद्दत गरेको बताउनुभएको एमालले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.