काठमाडौं । थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी)को विघटन हुनुले मौलिक स्वतन्त्रतालाई गम्भीर रूपमा असर पुर्याएको राष्ट्रसङ्घको भनाइ छ ।
थाइल्यान्डको संवैधानिक अदालतले देशको युवा लोकतन्त्र समर्थक आन्दोलनको अग्रणी एमएफपीलाई भङ्ग गर्ने र यसका कार्यकारी बोर्डका सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
यो निर्णयले अभिव्यक्ति तथा सङ्घको मौलिक स्वतन्त्रता र थाइल्यान्डमा सार्वजनिक मामिला तथा राजनीतिक जीवनमा भाग लिने नागरिकको अधिकारलाई गम्भीररूपमा असर गर्ने राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख भोल्कर टर्कले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
उहाँले कुनै पनि दल वा राजनीतिज्ञले कानूनी सुधारको वकालत गरेकामा विशेषगरी मानव अधिकारको समर्थनमा कहिले पनि यस्तो सजाय भोग्न नहुने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।
थाइल्यान्डको कडा शाही मानहानी कानुनमा सुधार गर्ने बाचा गरेपछि एमएफपीले गएको वर्षको चुनावमा पहिलो स्थान हासिल गरेको थियो । एजेन्सी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
एजेन्सी । पहिलो पटक युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय वार्ता गर्न तयार रहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सङ्केत गरेका छन् । रुसले कुनै पनि शान्ति पहललाई सधैँ सकारात्मक रूपमा...
काठमाडौं, ६ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता सफल नहुने संकेत देखिएमा अमेरिका वार्ताको मध्यस्थता प्रयासबाट पछि हट्ने चेतावनी दिएका छन्। शुक्रबार ओभल अफिसमा...
एजेन्सी, ६ वैशाख । भारतको राजधानी नयाँ दिल्लीको मुस्तफावाद क्षेत्रमा शनिबार बिहान भीषण दुर्घटना भएको छ । बिहान करिब २:३० बजे आएको भारी वर्षा र आँधीका कारण चार तले...
काठमाडौँ, ४ वैशाख । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का प्रमुख जेरोम पावेलले राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिले अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका छन् । ट्रम्पको विश्वव्यापी...