भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा राष्ट्रसङ्घको चिन्ता

थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा राष्ट्रसङ्घको चिन्ता

काठमाडौं । थाइल्यान्डको प्रमुख विपक्षी दल विघटन भएकोमा संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । विपक्षी दल मुभ फरवार्ड पार्टी (एमएफपी)को विघटन हुनुले मौलिक स्वतन्त्रतालाई गम्भीर रूपमा असर पुर्याएको राष्ट्रसङ्घको भनाइ छ ।

थाइल्यान्डको संवैधानिक अदालतले देशको युवा लोकतन्त्र समर्थक आन्दोलनको अग्रणी एमएफपीलाई भङ्ग गर्ने र यसका कार्यकारी बोर्डका सदस्यहरूलाई १० वर्षका लागि राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

यो निर्णयले अभिव्यक्ति तथा सङ्घको मौलिक स्वतन्त्रता र थाइल्यान्डमा सार्वजनिक मामिला तथा राजनीतिक जीवनमा भाग लिने नागरिकको अधिकारलाई गम्भीररूपमा असर गर्ने राष्ट्रसङ्घीय मानवाधिकार प्रमुख भोल्कर टर्कले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँले कुनै पनि दल वा राजनीतिज्ञले कानूनी सुधारको वकालत गरेकामा विशेषगरी मानव अधिकारको समर्थनमा कहिले पनि यस्तो सजाय भोग्न नहुने बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

थाइल्यान्डको कडा शाही मानहानी कानुनमा सुधार गर्ने बाचा गरेपछि एमएफपीले गएको वर्षको चुनावमा पहिलो स्थान हासिल गरेको थियो । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.