भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

भारतको नयाँ सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी हुने हुने

भारतको नयाँ सेना प्रमुखमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी हुने हुने

एजेन्सी । भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी हुने भएका छन् । मनोज पाण्डेको ठाउँमा मंगलबार भारत सरकारले उनलाई नियुक्त गर्ने जनाएको हो । हाल उनी उप–प्रधानसेनापति पदमा कार्यरत छन् ।

प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् । वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो ।लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा सेना परिचालनको अनुभव छ।

रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी भारतीय सेनाको उप–प्रधानसेनापतिका रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’

गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो । भारतमा यस्तो धेरै बिरलै हुन्छ।

 


Thali Mobile Pvt.Ltd.