एजेन्सी । भारतीय सेनाको प्रमुखमा लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदी हुने भएका छन् । मनोज पाण्डेको ठाउँमा मंगलबार भारत सरकारले उनलाई नियुक्त गर्ने जनाएको हो । हाल उनी उप–प्रधानसेनापति पदमा कार्यरत छन् ।
प्रधानसेनापति मनोज पाण्डे जुन ३० तारिखमा अवकाश लिँदैछन् । वरिष्ठताका आधारमा द्विवेदीलाई यो पदमा चयन गरिएको हो ।लेफ्टिनेन्ट जनरल द्विवेदीसँग चीन र पाकिस्तानसँगको सीमामा सेना परिचालनको अनुभव छ।
रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जुन ३० गतेदेखि लागू हुने गरी भारतीय सेनाको उप–प्रधानसेनापतिका रूपमा कार्यरत लेफ्टिनेन्ट जनरल उपेन्द्र द्विवेदीलाई प्रधानसेनापति नियुक्त गरेको छ ।’
गत महिना सरकारले मनोज पाण्डेको कार्यकाल एक महिना थप गरेको थियो । उनले मे ३१ मा नै अवकाश लिने तय थियो तर त्यसको ६ दिनअघि नै उनको कार्यकाल थपिएको थियो । भारतमा यस्तो धेरै बिरलै हुन्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
तेल अभिभ । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालय र हमासले...
एजेन्सी । दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपीडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी-इन–अपोजिसन (एसपीएलए-आईओ) बीच झडप भएकाे छ । झडपमा एक सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।...
काठमाडौं । कतारमा इजरेल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । पन्ध्र महिनादेखि जारी युद्धको अन्त्य हुने अपेक्षासहित युद्धविराम आइतवारबाट कार्यान्वयनमा आउने बताइएको छ...
एजेन्सी । दक्षिणपश्चिम चीनको डिङ्ग्री काउन्टीमा गएको ६.८ म्याग्निच्युडको भूकम्पपछि कुल ३ हजार ६१४ पराकम्पहरू गएका छन् । धेरैजसो पराकम्पहरू ३ म्याग्निच्युडभन्दा कम भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।...