भर्खरै : Sorry, your browser does not support inline SVG.
भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश | जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु, आमा उपचारपछि घर फर्किइन् |

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै

म्याग्दी । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।

बेनी बजारदेखि १२।५ किलोमिटर मङ्गला गाउँपालिका– २ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुदै रणवाङको सिमानासम्म पुर्याएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।

चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो । रासस

 


Thali Mobile Pvt.Ltd.