भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा अस्थायी रूपमा स्थगित

नेपालसहित ७५ देशका नागरिकका लागि अमेरिकी आप्रवासी भिसा अस्थायी रूपमा स्थगित

काठमाडौँ, १ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी भिसा प्रक्रिया अस्थायी रूपमा स्थगित गर्ने निर्णय गरेको छ। यो निर्णय आउँदो जनवरी २१ अर्थात् माघ ७ गतेदेखि लागू हुने बताइएको छ।

यस निर्णयले दक्षिण एशियाका देशहरू, ब्राजिल, कोलम्बिया, उरुग्वे जस्ता ल्याटिन अमेरिकी मुलुक, बोस्निया र अल्बानियासहितका बाल्कन राष्ट्रहरू तथा अफ्रिका, मध्यपूर्व र क्यारिबियन क्षेत्रका धेरै देशका भिसा आवेदकलाई असर गर्नेछ। रोयटर्सका अनुसार प्रभावित सूचीमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, ब्राजिल, कोलम्बिया, नाइजेरिया, इरान, इराक, रुस, सुडान, सिरिया, यमनलगायत ७५ देश परेका छन्।

अमेरिकी विदेश मन्त्रालयका उप–प्रवक्ता टोमी पिगोटका अनुसार सम्भावित आप्रवासीहरू अमेरिकामा सार्वजनिक बोझ नबनून् भन्ने सुनिश्चित गर्न भिसा प्रक्रिया पुनरावलोकन गरिनेछ। सामाजिक सहायता र सरकारी सुविधामा निर्भर हुन सक्ने विदेशी नागरिकको प्रवेश रोक्नु यस निर्णयको उद्देश्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

यद्यपि, यो निर्णयले पर्यटक (भिजिटर) भिसालाई असर गर्ने छैन। सन् २०२६ को फिफा विश्वकप र २०२८ को ओलम्पिक अमेरिकामा आयोजना हुने भएकाले आगन्तुक भिसा प्रक्रिया निरन्तर रहने विदेश मन्त्रालयले जनाएको छ।

डोनाल्ड ट्रम्प पुनः सत्तामा फर्किएयता अमेरिकाले अध्यागमन नीतिमा कडाइ गर्दै आएको छ। अवैध अध्यागमन रोक्ने वाचा गरे पनि कानुनी आप्रवासनसमेत कठिन बनाइएको भन्दै प्रशासनको आलोचना भइरहेको छ। क्याटो इन्स्टिच्युटका अध्यागमन अध्ययन निर्देशक डेभिड बियरका अनुसार यस कदमका कारण आउँदो एक वर्षमा करिब ३ लाख १५ हजार कानुनी आप्रवासी अमेरिका प्रवेश गर्नबाट रोकिन सक्ने अनुमान गरिएको छ।

साथै, विदेश मन्त्रालयले ट्रम्प कार्यकाल सुरु भएयता १ लाखभन्दा बढी भिसा रद्द भइसकेको जानकारी पनि दिएको छ।

 


Thali Mobile Pvt.Ltd.