भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

इरानले अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमणको चेतावनी दिएपछि तनाव चर्कियो

इरानले अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमणको चेतावनी दिएपछि तनाव चर्कियो

एजेन्सी, १ माघ । इरानले छिमेकी देशमा रहेका अमेरिकी सैन्य बेसहरूमा प्रतिआक्रमण गर्ने चेतावनी दिएसँगै मध्यपूर्वमा तनाव तीव्र बनेको छ। यस परिस्थितिलाई ध्यानमा राख्दै अमेरिकाले कतिपय सैन्य बेसबाट कर्मचारी फिर्ता गर्न थालेको रोयटर्सले जनाएको छ।

पश्चिमी सैन्य स्रोतका अनुसार अमेरिकी आक्रमणको संकेत देखिए पनि त्यसको समय र दायरा भने स्पष्ट भइसकेको छैन। क्षेत्रीय सुरक्षा जोखिम बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरणका लागि अमेरिकी कर्मचारी फिर्ता गर्ने निर्णय गरिएको बताइएको छ।

यसैबीच, इरानभित्र जारी व्यापक विरोध प्रदर्शनका क्रममा अहिलेसम्म करिब २ हजार ५ सय जनाको ज्यान गएको र ठूलो संख्यामा मानिसहरू पक्राउ परेको खबरमा उल्लेख छ। मानवअधिकार संस्था एम्नेस्टी इन्टरनेशनलले पछिल्लो एक हप्तामा शान्तिपूर्ण प्रदर्शनकारी तथा सर्वसाधारणविरुद्ध गैरकानुनी सामूहिक हत्या भएको प्रमाण फेला पारेको जनाएको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानमा दूरसञ्चार सेवा लगातार सातौँ दिन पनि लगभग पूर्ण रूपमा बन्द रहेको छ, जसका कारण सूचना प्रवाहमा गम्भीर अवरोध सिर्जना भएको छ। यस घटनाक्रमप्रति जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूले ज्यान गुमाउने र घाइतेको ठूलो संख्याप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। दमन जारी रहे थप प्रतिबन्ध लगाउने चेतावनीसमेत उनीहरूले दिएका छन्।

इरानी राष्ट्रपति मसुद पेजेश्कियानले देशको गम्भीर आर्थिक अवस्थाबारे नागरिकको आवाज सुन्नुपर्ने बताउनुभएको छ। यता, रक्षामन्त्री अजीज नासिरजादेहले यदि आक्रमण भयो भने अन्तिमसम्म देशको रक्षा गरिने कडा चेतावनी दिएका छन्।

 


Thali Mobile Pvt.Ltd.