भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

अमेरिकी दबाबबिच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

अमेरिकी दबाबबिच भेनेजुएलाद्वारा ५,६०० सैनिक थप परिचालन

एजेन्सी, काराकास । संयुक्त राज्य अमेरिकाको तीव्र सैन्य दबाबका बीच भेनेजुएलाले थप ५,६०० सैनिकलाई औपचारिक रूपमा शपथ ग्रहण गराउँदै सैन्य शक्ति विस्तार गर्ने निर्णय सार्वजनिक गरेको छ।

राष्ट्रपति निकोलस मदुरो नेतृत्वको प्रशासनले शनिबार आयोजित विशेष समारोहमार्फत नयाँ भर्तीहरूलाई सेनामा समावेश गरेको घोषणा गरेको हो।

अमेरिकाले लागुऔषध तस्करी नियन्त्रणको नाममा क्यारिबियन क्षेत्रमा युद्धपोतको ठूलो समूह, साथै विश्वकै सबैभन्दा ठूलो विमानवाहक जहाज तैनाथ गरेपछि मदुरोले केही सातायता व्यापक सैन्य भर्तीको आह्वान गर्दै आएका छन्।

भेनेजुएलाले हालसालै अमेरिकी सेनाले २० भन्दा बढी जहाजमा घातक आक्रमण गरेको दाबी गरेको छ, जसमा ८७ जनाको मृत्यु भएको उल्लेख गरिएको छ। अमेरिकाले गत महिना मदुरोमाथि ‘कार्टेल अफ द सन’ नामक समूहको नेतृत्व गरेको आरोप लगाउँदै यस समूहलाई आतङ्कवादी संगठनको सूचीमा राखेको थियो।

मदुरोले भने निरन्तर रूपमा अमेरिकालाई आफूलाई सत्ताच्युत गर्ने र भेनेजुएलाको तेल भण्डार कब्जा गर्ने उद्देश्य राखेको आरोप लगाउँदै आएका छन्। शनिबार काराकासस्थित भेनेजुएलाको सबैभन्दा ठूलो सैन्य परिसर फुएर्टे टियुनामा आयोजित समारोहमा कर्नेल ग्याब्रियल रेन्डोनले नयाँ सैनिकलाई सम्बोधन गर्दै भने, “हामी कुनै पनि परिस्थितिमा साम्राज्यवादी शक्तिद्वारा आक्रमण हुन दिनेछैनौँ।”

अहिले भेनेजुएलामा करिब २ लाख सैनिक र २ लाख प्रहरी तैनाथ रहेको आधिकारिक तथ्याङ्क छ।यसैबीच, आतङ्कवाद र दङ्गा उक्साएको आरोपमा पक्राउ परेका विपक्षी नेता तथा पूर्व गभर्नर अल्फ्रेडो डियाजको शनिबार जेलमै मृत्यु भएको मानवअधिकार संस्थाहरूले पुष्टि गरेका छन्।

मानवअधिकार समूह फोरो पेनालका अनुसार डियाज २०७९ नोभेम्बरदेखि बन्दी थुनुवामा रहेको र एक वर्षसम्म एकान्त कोठामा राखिएको थियो। उनलाई एक पटक मात्र छोरीलाई भेट्न अनुमति दिइएको थियो।

यो घटना गत वर्षको विवादित चुनावपछि थपिएको दमनको निरन्तरता भएको विपक्षीहरूले आरोप लगाएका छन्। चुनावपछि प्रदर्शनका क्रममा २८ जनाको मृत्यु, करिब २,४०० जना पक्राउ र पछि तीमध्ये २,००० भन्दा बढीको रिहाइ भएको थियो।

फोरो पेनालका निर्देशक अल्फ्रेडो रोमेरोका अनुसार भेनेजुएलामा अहिले पनि ८८७ राजनीतिक बन्दी रहेका छन्। नोबेल शान्ति पुरस्कार विजेता तथा विपक्षी नेतृ मारिया कोरिना मचाडोले राजनीतिक बन्दीहरूको मृत्युलाई “राज्यद्वारा संचालित दमनको निरन्तर ढाँचा” भन्दै कडा आलोचना गरेकी छन्।

 


Thali Mobile Pvt.Ltd.