भर्खरै : Sorry, your browser does not support inline SVG.
दाह्रा काटिएपछि ध्रुवे हात्ती निकुञ्जभित्रै, प्रत्येक १० मिनेटमा भइरहेको निगरानी | राष्ट्रिय सभामा महँगीको मुद्दा: खाद्यान्न र एलपी ग्यासको मूल्य घटाउन सरकारसँग माग | हिरासत र कारागारमा हुने शङ्कास्पद मृत्यु रोक्न संरचनात्मक सुधारको माग गर्दै सर्वोच्चमा रिट | चितवनमा अप्ठेरोमा परेकालाई घरमै खाना पकाउने ग्यास उपलब्ध गराइने | इण्डोनेसियाको जाभा समुद्रमा यात्रुवाहक जहाजमा आगलागी, ५ जनाको मृत्यु | आउँदो तीन दिन मनसुन सक्रिय, भारीदेखि अति भारी वर्षाको सम्भावना | नर्सिङ सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन | साढे ९ वर्ष बित्दा पनि कञ्चनपुरको हुलाकी सडक अधुरै, ठेकेदारको लापरबाहीले निर्माण अलपत्र |

मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

मौसम बदली, आज र भोलि पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ, १३ बैशाख । पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। आज र भोलि सबै प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान काठमाडौँ उपत्यकाका केही स्थानमा छिटपुट वर्षा भएको छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई स्थानमा वर्षा भइरहेको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा आज मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका अन्य पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गएराति कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा ठूलो वर्षा भएको थियो। तल्लो वायुमण्डलमा पूर्वी वायुको प्रभाव देखिएकाले केही स्थानमा वर्षा भएको महाशाखाको भनाइ छ।

तराई क्षेत्रमा भने अझै गर्मी कायमै रहेको छ। मधेश, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा वर्षाको गतिविधि बढ्न सक्ने देखिएकाले वर्षापछि तापक्रम केही घट्ने अनुमान गरिएको छ।

अहिले प्रि–मनसुनको समय भएकाले वर्षा, असिना, मेघगर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.