भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

शनिबारदेखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेन, पुनः बनेका डाइभर्सन फेरि बगायाे

शनिबारदेखि अवरुद्ध बीपी राजमार्ग अझै खुलेन, पुनः बनेका डाइभर्सन फेरि बगायाे

काभ्रे, १४ बैशाख । गत शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। रोशी खोलामा आएको बाढीले क्षति पुर्‍याएको डाइभर्सन आइतबार अधिकांश स्थानमा निर्माण गरिए पनि आइतबार साँझ पुनः परेको वर्षाले ती डाइभर्सन फेरि बगाएपछि राजमार्ग पुनः अवरुद्ध भएको हो।

राजमार्गको चिउरीबास, नार्के र चारसय बेँसी क्षेत्रमा आइतबार निर्माण गरिएका डाइभर्सन साँझको वर्षाले बगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय मङ्गलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानका डाइभर्सनमध्ये ८ स्थानमा पुनः निर्माण गरिएको थियो। तर आइतबार साँझको वर्षाले केही स्थानका डाइभर्सन पुनः क्षतिग्रस्त भएका छन्।

उनका अनुसार सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माणको काम सुरु गरिएको छ। शनिबार आएको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती क्षेत्रमा रहेका डाइभर्सन बगाएको थियो। सिन्धुलीतर्फ आँपघारी र नेपालथोक क्षेत्रमा पनि डाइभर्सन बगाएको थियो।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसममा सुधार आएपछि क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात सञ्चालन पुनः सुचारु गर्ने तयारी गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.