भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

आज कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली छ । बागमती प्रदेशका केही स्थान, मधेस प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हल्का वर्षा भइरहेको छ ।

गएरातिदेखि नै देशका केही ठाउँमा सामान्य वर्षा मात्रै भएको र आज पनि झरीको सम्भावना नरहेको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। मनसुन सक्रिय रहेको बेलामा बदली र वर्षाको सम्भावना रहे पनि झरी पर्ने सम्भावना कम भएको हो । आज दिउँसो पनि कोशी, बाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर झरी पर्ने सम्भावना कम रहेको उनले बताए ।

भरे रातिदेखि भने देशका धेरैजसो ठाउँमा मौसम खुल्नेछ । भोलिदेखि दिउँसो घाम लाग्ने सम्भावना छ । पूर्वतर्फ अझै पनि मनसुनी न्यून चापीय रेखा सरदर भन्दा थोरै नेपालतर्फ नै रहेकोले केही ठाउँमा बदली र वर्षाको सम्भावना रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.