भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

कर्णालीका केही भूभागमा आज रातिदेखि ठूलो पानी पर्न सक्ने सम्भावना

कर्णालीका केही भूभागमा आज रातिदेखि ठूलो पानी पर्न सक्ने सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशका एक।दुई ठाउँमा आज रातिदेखि पर्सि शुक्रवार रातिसम्म र सुदूरपश्चिम प्रदेशमा भोलि बिहानदेखि पर्सि बिहानसम्म ठूलो पानी पर्न सक्ने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा आज रातिदेखि ठूलो पानी पर्ने सम्भावना छ ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका एक।दुई ठाउँमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति ठूलो पानी पर्न सक्ने अनुमान गरिएको क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

 


Thali Mobile Pvt.Ltd.