भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

भक्तपुरमा प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत

भक्तपुरमा प्रजिअ गोपालप्रसाद अर्याललाई स्वागत

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा डोटीबाट भक्तपुर जिल्लामा सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको स्वागत तथा परिचयात्मक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ अर्याललाई खादा र पुष्पगुच्छाले स्वागत गर्दै उहाँको कार्यकाल सफलताको लागि शुभकामना दिए ।

प्रमुख प्रजापतिले सार्वजनिक र पर्ति जग्गा संरक्षण गर्नु तीन तहको सरकारको दायित्व भएको बताउँदै भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणमा अन्य स्थानीय तहले भन्दा पृथक ढंगले काम गर्दै आइरहेको बताए । भक्तपुरलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय जगतमा चिनाउने प्रयास गरिरहेको बताउँदै उहाँले भक्तपुरको शान्ति सुरक्षा, विपद व्यवस्थापन, जात्रा व्यवस्थापनलगायतका विषयमा प्रशासनको समन्वयकारी भूमिका रहने विश्वास व्यक्त गरे ।

सम्पदा पुनःनिर्माणको कार्य ठेक्कामा दिन नहुने कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर नपाले भक्तपुरलगायत देशकै सम्पदा पुनःनिर्माणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । भाज्या पुखु डिल निर्माण गर्ने विषयमा देखिएको असमझदारीहरुबारे प्रष्ट पार्दै उनले भाज्यापुखुको डिल खोल्ने र भक्तपुर क्याम्पसको सुरक्षा पर्खाल लगाउने सम्बन्धमा जिल्ला प्रशासन कार्यालयको तर्फबाट आवश्यक सहयोग र समन्वय रहने विश्वास व्यक्त गरे ।

कार्यक्रममा भक्तपुर जिल्लाका नवनियुक्त प्रजिअ गोपालप्रसाद अर्यालले सांस्कृतिक एवम् ऐतिहासिक नगरीमा काम गर्न पाउँदा गौरवान्वित महसुस भएको बताए । भक्तपुर जिल्लाको शान्ति सुरक्षा, विपद् व्यवस्थापन, जात्रा व्यवस्थापनलगायतका क्षेत्रमा नगरपालिकासँग समन्वयात्मक ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भक्तपुरको प्रशासनिक काममा दत्तचित्त भएर काम गर्ने विश्वास दिलाए । मौलिकता संरक्षणमा भक्तपुर नपाले उदाहरणीय काम गरिरहेको बताए ।

कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले पनि धारणा राखे । नगर प्रमुख प्रजापतिले प्रजिअ अर्याललाई भक्तपुर नगरपालिकाको प्रकाशनहरू उपहारस्वरुप प्रदान गरे । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, कार्यपालिका सदस्य र शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

तस्वीरमा

 

 


Thali Mobile Pvt.Ltd.