भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

कांग्रेसले आफू पन्छिन अर्कोमाथि आरोप लगायोः योगेश भट्टराई

कांग्रेसले आफू पन्छिन अर्कोमाथि आरोप लगायोः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टाको विषयमा कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष समयमा लिएर उनले यस्तो बताएका हुन् । पार्टीको संसदीय दलको छलफलमा आधारमा तय गरेका विषय राख्न खोजेको भन्दै सचिव भट्टराईले गिरीबन्धुबारे भएका काम कानुनअनुसार भएको र कानुन बनाउँदा कांग्रेसको तर्फबाट कुनै संशोधन प्रस्ताव नभएको बताए । कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको उनको आरोप छ ।

कांग्रेसले आफूमाथि लागेका आरोपहरु पन्छाउन गिरीबन्धुको विषय उठाइएको उनको टिप्पणी छ ।भ्रष्टाचार र अपराध गर्ने छुट कसैलाई नहुने र त्यस्तो छुट एमालेले पनि लिन नचाहने उनको भनाइ छ ।

‘कुनै पनि अपराधमा चारतारे झण्डा ओढोस्, हसिया हथौडाको झण्डा ओढोस्, घण्टी बजाओस्, हलो बोकोस् त्यो कसैलाई पनि छुट छैन् । त्यो छुट एमाले पनि लिन चाहँदैन् । हामी प्रत्येक विषयमा छानबिनका लागि तयार छौं ।’

 

 


Thali Mobile Pvt.Ltd.