भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

कांग्रेसले आफू पन्छिन अर्कोमाथि आरोप लगायोः योगेश भट्टराई

कांग्रेसले आफू पन्छिन अर्कोमाथि आरोप लगायोः योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले गिरीबन्धु टि स्टेटको जग्गा सट्टापट्टाको विषयमा कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभामा विशेष समयमा लिएर उनले यस्तो बताएका हुन् । पार्टीको संसदीय दलको छलफलमा आधारमा तय गरेका विषय राख्न खोजेको भन्दै सचिव भट्टराईले गिरीबन्धुबारे भएका काम कानुनअनुसार भएको र कानुन बनाउँदा कांग्रेसको तर्फबाट कुनै संशोधन प्रस्ताव नभएको बताए । कांग्रेसले आफूतिर लागेका आरोप पन्छाउन अर्कोमाथि आरोप लगाउने काम गरेको उनको आरोप छ ।

कांग्रेसले आफूमाथि लागेका आरोपहरु पन्छाउन गिरीबन्धुको विषय उठाइएको उनको टिप्पणी छ ।भ्रष्टाचार र अपराध गर्ने छुट कसैलाई नहुने र त्यस्तो छुट एमालेले पनि लिन नचाहने उनको भनाइ छ ।

‘कुनै पनि अपराधमा चारतारे झण्डा ओढोस्, हसिया हथौडाको झण्डा ओढोस्, घण्टी बजाओस्, हलो बोकोस् त्यो कसैलाई पनि छुट छैन् । त्यो छुट एमाले पनि लिन चाहँदैन् । हामी प्रत्येक विषयमा छानबिनका लागि तयार छौं ।’

 

 


Thali Mobile Pvt.Ltd.