भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

अग्रज पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

अग्रज पत्रकार रिसालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, चैत २५। प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएकामा दुःख व्यक्त गरेका छन्।प्रधानमन्त्री ओलीले वरिष्ठ पत्रकार रिसालको ९६औँ जन्मदिनका अवसरमा गत वर्ष उनकै निवासमा भेटेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै रिसालको निधनको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन्।उनले वरिष्ठ पत्रकार रिसालप्रति हार्दिक श्रद्धाञ्जली पनि व्यक्त गरेका छन्।

‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्।राष्ट्रिय समाचार समिति (रासस)का पूर्वप्रमुख समाचारदाताको जिम्मेवारीसहित मानवअधिकार र वातावरण संरक्षणका क्षेत्रमा अमूल्य योगदान पुर्‍याएका वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा गएराति ९७ वर्षको उमेरमा निधन भएको हो।रिसाल लामो समयदेखि मुटु र फोक्सोसम्बन्धी समस्याबाट पीडित थिए।रासस

 


Thali Mobile Pvt.Ltd.