दैलेख । बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता– २०२३ को खुल्ला महिला सिनियर कातामा कराँते खेलाडी हेमा खड्काले रजत पदक जितेकी छन् ।
चौँथो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनका लागि उनी नेपालबाट सिनियर ईन्डिभिजुअल फिमेल कातामा सहभागी भएकी थिइन् ।
बंगलादेशमा रहेकी खड्का कुमेतेकुमेते फाइटका लागि आज प्रतिस्पर्धा गर्दै छिन् ।
खेलसंगै सामाजिक कार्यमा सक्रिय हेमा लामो समय खेल क्षेत्रमा नै विताउने बताउँछिन् ।
मेहनतले नेपालको पहिचान बढेको हेमाले प्रतिक्रिया दिएकी छन् ।
