भर्खरै : Sorry, your browser does not support inline SVG.
फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता | भोटेकोशी बाढी : मृतकको सङ्ख्या १ हजार ३६९ पुग्यो, ५ हजार १३२ अझै सम्पर्कविहीन | चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट उद्धार | एप्पलले सार्वजनिक गर्‍यो आईफोन १८ प्रो र प्रो म्याक्स, क्यामेरा र ब्याट्रीमा ठूलो सुधार | संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री |

अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते

अफगानिस्तानको कान्दाहारमा भएको हमलामा ३२ को मृत्यु, ६८ जना घाइते

काबुल । अफगानिस्तानको कान्दाहार शहरमा रहेको एउटा मस्जिदमा शुक्रबार भएको बम विस्फोटमा परी ज्यान जानेको संख्या ३२ पुगेको छ । सिया मुस्लिम समुदायका नागरिकको सो मस्जिदमा शुक्रबारको प्रार्थनाका बेलामा सो विस्फोट भएको थियो । शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको थियो । विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको छ भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका छन् ।

उक्त मस्जिदका झ्यालका सिसाहरू फुटेको र शवहरू भुइँमा देखिएका तस्बिरहरु सञ्चारमाध्यमहरुले दिएका छन् । तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले एक स्थानीय पत्रकारलाई बताएका छन् । प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको हो । अरु दुई जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए । त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेको थियो ।

शुक्रवारको साप्ताहिक प्रार्थना भएकाले मस्जिद पूरै भरिभराउ रहेको थियो । सोही मौका छोपेर यस्तो हमला गराइएको अनुमान गरिएको छ । तालिबानका सशस्त्र लडाकूहरुले पनि घटनास्थलमा सुरक्षा दिइरहेको बताएको छ । साथै यहाँका मस्जिदमा हिंसात्मक हमला हुने गरेकाले सुरक्षाकर्मीहरुले पनि मस्जिदमा सुरक्षा दिइरहेको बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.