भर्खरै : Sorry, your browser does not support inline SVG.

अमेरिकाः पछिल्लो २४ घण्टामा थप ६३ हजार ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

अमेरिकाः पछिल्लो २४ घण्टामा थप ६३ हजार ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनको संख्या ८५ लाख नाघेको छ । बिहीबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ६३ हजार ६६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ८५ लाख ८४ हजार ८१९ पुगेको वल्डोमिटर्समा उल्लेख छ । संक्रमितमध्ये अहिलेसम्म ५६ लाख २ हजार ११६ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २७ लाख ५५ हजार २९४ जनामध्ये १५ हजार ६८६ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख २७ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बिहीबार थप १ हजार २२५ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख २७ हजार ४०९ पुगेको छ ।

 

 


Thali Mobile Pvt.Ltd.