२४ साउन २०७७ अमेरिका । पेन्सलभेनियाबाट नेपालीभाषी किशोरी बेपत्ता भएकी छन् ।
१४ वर्षीया शबिका तामाङ बुधबार पेन्सलभेनिया राज्यको डौफिन काउन्टीस्थित स्वट्यारा टाउनशिपबाट हराएकी हुन् ।
अमेरिकी सरकारले करिब ९६ हजार २०० भुटानीलाई पुनर्वास गरेको पेन्सलभेनिया राज्यमा यसअघि ओहायोको एक्रनमा हराएका ३६ वर्षीय टेकबहादुर खड्का अगस्त १ मा सामान्य अवस्थामा भेटिएका थिए । ओहायोमा सबैभन्दा धेरै नेपालीभाषी भुटानीको बसोबास छ ।
