भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

उपत्यकामा १३६ ठाउँमा कोरोना संक्रमण, संक्रमितको संख्या ९८२ पुग्यो

उपत्यकामा १३६ ठाउँमा  कोरोना संक्रमण, संक्रमितको संख्या ९८२ पुग्यो

२४ साउन २०७७ काठमाडौँ । उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् । पछिल्लो समय कोरोनाको जोखिम अधिक भएको जिल्लाको सूचि मध्य काठमाडौँ पनि एक हो । उपत्यकामा मात्रै १३६ स्थानमा संक्रमण देखिएको छ । ५ देखि ९ जनासम्म संक्रमित देखिएका स्थान २४ छन् भने १० देखि १२ जना संक्रमि भएका स्थान ४ रहेका छन् ।

नक्सालस्थित प्रहरी प्रधान कार्यालय, कालीमाटी, बागबजार र सामाखुसी क्षेत्र, बालाजु, बाँसबारी, त्रिवि शिक्षण अस्पताल, बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला, बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्र, अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका क्षेत्रमा संक्रमित भेटिएका छन् ।

इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा संक्रमित भेटिएका छन् । यस्तै बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायतका स्थानमा पनि संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार उपत्यकाका अन्य ७० स्थानमा पनि संक्रमित भेटिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.