भर्खरै : Sorry, your browser does not support inline SVG.
कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा | काठमाडौँका होटेल–रेस्टुरेन्टमा जथाभाबी हुक्का र चुरोट पिउन रोक, उल्लङ्घन गरे कडा कारबाही | घुस लिएको आरोपमा भेटेरिनरी अस्पतालका प्रमुख र चालकविरुद्ध भ्रष्टाचार मुद्दा | ग्यास आपूर्ति सहज बनाउन नेपाल आयल निगमको ‘क्विक रेस्पोन्स टिम’ गठन | राष्ट्रिय कृषि नीति २०८३ जारी, किसानको आयवृद्धिदेखि कृषि उत्पादनको ‘ब्रान्डिङ’ सम्म प्राथमिकता | मन्त्रिपरिषद्का निर्णय : लगानी बोर्डमा याङ्की उक्याब सीईओ, सुनसरी–सिरहा घटनाका पीडितलाई राहत | सितामढीबाट पक्राउ परेका सर्लाहीका दुई किसान रिहा | रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु, दुर्घटनाबारे अनुसन्धान सुरु |

अमेरिकामा मृतकको संख्या अझै बढ्न सक्ने

अमेरिकामा मृतकको संख्या अझै बढ्न सक्ने

एजेन्सी । अमेरिकामा टोर्नाडोले गम्भीर रुपमा प्रभावित भएका ६ राज्यमा भग्नावशेषमा पुरिएकाहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । शक्तिशाली टोर्नाडोले ६ राज्यमा कम्तीमा ९४ जनाको मृत्यु भएको छ । दर्जनौं सर्वसाधारण अझै बेपत्ता रहेको बीबीसीले जनाएको छ ।

उनीहरुको जीवितै उद्धारको सम्भावना निकै कम रहे पनि उद्धारकर्मीहरुले प्रयास जारी राखेको बताइएको छ ।केन्टकीसहितका ६ राज्यमा कम्तीमा ३० वटा टोर्नाडोका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । केन्टकीमा कम्तीमा ८० सहित अहिलेसम्म कम्तीमा ९४ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

टोर्नाडोका कारण केन्टकी, अर्कान्सा, इलिनोइ, मिजुरी, मिसिसिपी र टेनिसीमा जनजीवन प्रभावित भएको छ । मृत्यु हुनेको संख्या १०० भन्दा बढी पुग्ने अनुमान गरिएको छ । टोर्नाडोले मैनबत्ती उद्योगसहितलाई ध्वस्त पारेको छ । भत्किएका भग्नावशेषहरुमा उद्धारकर्मीले फसेकाहरुको खोजी गरिरहेका छन् ।

केन्टकीको मेफिल्ड टाउन टोर्नाडोका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । टोर्नाडोका कारण १०० भन्दा बढी उद्योगमा असर परेको समाचारमा जनाइएको छ । टोर्नाडोका कारण विद्युत तथा पानी सेवा प्रभावित भएको छ भने दसैं हजार मानिस पानी तथा बिजुलीको अभावमा छन् ।

 


Thali Mobile Pvt.Ltd.