भर्खरै : Sorry, your browser does not support inline SVG.
दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना | हुथीको समुद्री नाकाबन्दीको धम्कीबीच साउदी तेल बोकेका ट्याङ्करले बाब अल–मन्देब स्ट्रेट पार | किभमा रुसी ब्यालिस्टिक मिसाइल आक्रमण, १५ जनाको मृत्यु, करिब १०० घाइते |

आजदेखि आर्मी र चौदण्डीगढी भिड्दै

आजदेखि आर्मी र चौदण्डीगढी भिड्दै

काठमाडौं । राष्ट्रिय महिला लिग अन्तर्गत दोस्रो चरणको खेलहरु आजदेखि सुरु हुँदैछ । एन्फाको आयोजनामा भइरहेको डबल लिग अन्तर्गत पहिलो चरणका खेलहरु सकिसकेका छन् ।

लिगमा तीन विभागीय र चार नगरपालिकारमहानगरपालिका टिमसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शनिवार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच खेल हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो २ बजे खेल सुरु हुनेछ ।

पहिलो चरणमा आर्मीले चौदण्डीगढीलाई १२–० ले पराजित गरेको थियो । आर्मी चौदण्डीलाई पराजित गर्दै लिग लिडर एपीएफसंथ अंक दूरी कम गर्ने योजनामा हुनेछ । पहिलो चरणको ६ खेलबाट १३ अंक जोडेर आर्मी दोस्रो स्थानमा छ । ६ वटै खेल हारेको चौदण्डीगढी अंकविहीन हुँदै पुछारमा छ । महिला लिगको साविक विजेतासमेत रहेको एपीएफ पहिलो चरणमा शतप्रतिशत जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा छ ।

 


Thali Mobile Pvt.Ltd.