आठबीसले ल्यायो ५० करोड ७० लाखको बजेट

आठबीसले ल्यायो ५० करोड ७० लाखको बजेट

राकम कर्णाली । आठबीस नगरपालिका दैलेखले ११ औं नगरसभाबाट ५० करोड ७० लाखको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख तर्कबहादुर बडुवालले नीति तथा कार्यक्रम र उपप्रमुख कल्पना कुमारी थापाले चालू आ.व. २०७९,०८० कालागि बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा के छ त ?
१. राजस्व तर्फः आन्तरिक राजस्व सहित संघीय, प्रदेश सरकारबाट प्राप्त ११ करोड ९८ लाख ६७ हजार

२. अनुदान तर्फः समानिकरण अनुदान ११ करोड ११ लाख
संघीय ससर्त अनुदान २३ करोड २० लाख
संघीय बिशेश अनुदान १ करोड ७० लाख
संघीय समपुरख अनुदान ५० लाख

प्रदेश सरकारको बित्तीय समानिकरण १ करोड १० लाख ३३ हजार गरि ३८ करोड ७१ लाख ३३ हजार प्रस्तावित गरिएको छ।
प्राप्त बित्तीय समानिकरण अनुदान तर्फको बजेट मध्य
आर्थिक बिकासमा २२ प्रतिशत

सामाजिक बिकासमा ३५ प्रतिशत
पुर्वाधार बिकासमा २८ प्रतिशत
बाताबरण तथा बिपद् व्यवस्थापन मा ८ प्रतिशत
शुशान तथा संस्थागत बिकासमा ७ प्रतिशत बजेट सिमा निर्धारण गरिएको छ।

नीति तथा कार्यक्रमका प्रमुख अंश
१. ग्रीन जोन आठबीस निर्माणको अबधारणालाइ प्रभाकारी रुपमा कार्यान्वयन गरिने।
२. आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा विशेषज्ञ सेवा सहितको अस्पताल संचालनमा ल्याइने।
३. राकमकर्णालीमा बहुमुखी क्याम्पस स्थापना गरिने।
४. साताला स्वास्थ चौकीमा चिकित्सकिय सेवा सुचारु गरिने।
५. आठबीस शिक्षा क्याम्पसको स्तर उन्नति गरिने।

६. स्वच्छ खानेपानीको पहुँच पुर्याउन एक घर, एक धाराको नीति अवलम्बन गरिने।
७. उज्यालो आठबीस अभियान अन्तर्गत ३ बर्ष भित्र प्रत्येक वडाका नागरिकको घरघर मा बिधुतको पहुच पुर्याउन पहल गरिने।
८. विकटलार्इ निकट ल्याउने नीति अन्तर्गत सडकको पहुँच नपुगेका वडा र टोल बस्ती सडक पुर्याउने
९. आठबीस रिङ रोडको अवधारणालाई अगाडि बढाइने ।
१०. नगरपालिकामा कोल्ड स्टोर स्थापना गरिने ।

११. प्रत्येक वडामा कृषि संकलन केन्द्र स्थापना गरिने ।
१२. प्रत्येक वडामा बहुउद्देश्यीय नर्सरी स्थापनाको अबधारणा लिइने।
१३. कृषि ल्याब तथा माटो परिक्षण शिबिर संचालन गरिने ।
१४. कृषीमा सहुलियतको नीति अवलम्बन गरिने ।

१५ पशु पंक्षिको नश्ल सुधार कार्यक्रमलाई बढवा दिइने ।
१६. कृषी क्षेत्रको आधुनिकीकरण तथा यान्त्रीकिरणमा जोड दिइने।
१७. एक बस्ती, एक उत्पादन कार्यक्रम संचालन गरिने ।
१८. एक वडा एक सहकारी, न्यून पारौं बेरोजगारी भन्ने मुलमन्त्रलार्इ आत्मसात गर्दै ब्याबसायिक तथा सामुहिक खेति प्रणालीको नीति अवलम्बन गरिने ।

१९. स्थानीय उत्पादनमा वृद्धि,आठबीस नगरको समृद्धि नारालाई सफल बनाउन जमिन बाँजो राख्न नपाइने नीति लागू गरिने ।
२०. कृषकलाई टेवा, घरघरमा प्राविधिक सेवाको नीति अनुरुप एक वडा एक कृषि प्राबिधिक नीति लिइने ।
२१. खनौँ आफ्नो माटो, छोडौँ बिदेशको बाटो भन्ने नीति अनुरुप युवालाई कृषि क्षेत्रमा आकर्षित गरिने ।
२२. कृषि बिमा तथा बाली बिमा कार्यक्रमलाई बढवा दिइने ।

२३. सुबिधा सम्पन्न १०० शैयाको हस्पिटल निर्माण शिघ्र संचालन गरिने ।
२४.जनज्योति माविलार्इ आवासीय बनाइने।
२५. स्वास्थ बिमा कार्यक्रमलाई प्राथमिकता दिइने ।

२६. सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक व्यवस्थापनको नीति तथा कार्यक्रम ल्याइने।
२७. एक वडा, एक नमूना विद्यालयको नीति अवलम्बन गरिने ।
२८. सामुदायिक बिधालयमा क्ष्ऋत् को पहल गरिने ।
२९. उत्कृष्ट शिक्षक र विद्यार्थीलाई प्रोत्साहन तथा पुरस्कृत गरिने।

२४. युवा स्वरोजगार तथा नगरप्रमुख रोजगार कार्यक्रमलाई निरन्तरता दिइने ।
२५. नगर स्तरीय एक वडा, एक खेलकुद मैदानको नीति अवलम्बन गरिने।
२६. उच्च शिक्षा छात्रवृत्ति तथा प्राविधिक शिक्षामा छात्रवृत्तिको प्रबन्ध मिलाइने ।
२७. नगरप्रमुख कप खेलकुद प्रतियोगिता संचालन गरिने ।

२८. साहित्य, कला, सस्कृति संरक्षणका लागि कार्यक्रम ल्याइने ।
३०. एकल पुरुषलाई भत्ता दिने कार्यक्रम ल्याइने ।
३१. नगरभरी यातायात सेवा संचालन गर्न योजना ल्याइने ।
३२. खरछाना मुक्त अभियानलाई निरन्तरता दिइने।

३३. गैरसरकारी संस्था परिचालनकालागि एकद्वार प्रणाली लागू गरिने ।
३४. एक घर, एक उद्यमी कार्यक्रम संचालन गरिने ।
३५. खेतीयोग्य जमिनमा सिचाइको प्रबन्ध मिलाइने ।
३६. पञ्किरणको कार्यक्रमलाई थप ब्यबस्थित गरिने।

३६. डिजिटल नगरपालिका बनाउन पहल गरिने ।
३७ माग भन्दा आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने नीति लिइने।
३८. विपद व्यवस्थापनका लागि आवश्यक कार्यक्रम ल्याइने ।
३९. पर्यटन प्रबर्द्धन गर्ने निति लिइने ।

४०. भूमीहीन सुकुम्बासी समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराउन पहल गरिने ।
४१. उत्पीडित उपेक्षित बर्गको उतथानका लागि आबश्यक नीति तथा योजना तयार गरिने ।
४२. कर्णाली र्याप्टिङ सेवालाई व्यवस्थित गरिने ।

 


Thali Mobile Pvt.Ltd.