काठमाडौँ । नेकपाको आधिकारिकता दावी गर्न प्रचण्ड–माधव पक्षका शीर्ष नेताहरु आज निर्वाचन आयोगमा जादै छन् । प्रचण्ड र माधवकुमार नेपालसहितको टोली आवश्यक कागजपत्रसहित आयोगमा जान लागेको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार दाबी प्रचण्ड माधवपक्षले गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ भने महासचिव विष्णु पौडेलको जिम्मेवारी खोसेको छ ।
