काठमाडौं। चाडपर्वलाई लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । दशैं तिहार तथा छठ पर्वमा घट्न सक्ने आपराधिक घटनालाई मध्यनजर सुरक्षा कडा बनाइएको हो । तीन हजार प्रहरी परिचालन गरिएको छ ।
प्रहरीले शान्ति सुरक्षा अन्तर्गत सेफ्टीपिन अभियान पनि लागू गरेको छ । सेफ्टिपिन अभियान अन्तर्गत खटिएका प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिलामाथि हुने यौनजन्य दुब्र्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी,ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने भएका छन् ।काठमाडौं भित्रिने मुख्य नाका नागढुंगामा तालिमप्राप्त कुकुरबाट जाँच सुरु गरिएको छ ।
दसैंकै लागि उपत्यका छाड्ने क्रम पनि सुरु भएको छ । यस्तो समयमा यात्रुलाई सहजता प्रदान गर्न बसपार्क लगायत विभिन्न स्थानमा यात्रु सहायता कक्ष राखिएको काठमाडौ महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

