भर्खरै : Sorry, your browser does not support inline SVG.
केन्द्रीय कारागारबाट फरार सपना तामाङ असनबाट पक्राउ, प्रेमीले नै भगाएको खुलासा | इरानलाई ट्रम्पको कडा चेतावनी : ‘छिट्टै सहमतिमा नआए केही बाँकी रहने छैन’ | ट्रम्पको चेतावनीबीच ताइवानको कडा अडानः ‘हामी स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र हौँ’ | हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘चौतारीमा’ रिलिज | मलेसिया रोजगारीमा तीन लाख असुल्ने म्यानपावरमाथि स्टिङ अपरेशन, एजेन्ट पक्राउ | कङ्गोमा इबोला प्रकोपः ८० जनाको मृत्यु, डब्लुएचओद्वारा विश्व स्वास्थ्य आपतकाल घोषणा | कामिरिता शेर्पाले ३२औँ पटक सगरमाथा आरोहण गर्दै आफ्नै कीर्तिमान तोडे, ल्हाक्पा शेर्पाको ११औँ आरोहण | थानकोटमा घरायसी विवादले उग्र रूप लिँदा युवकको चक्कु प्रहार गरी हत्या, भिनाजु पक्राउ |

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना हुनुपर्ने माग

चितवन, । आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने मागसहित ११ बुँदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशको प्रथम प्रादेशिक भेला आज सौराहामा सम्पन्न भएको छ । दुई दिने भेलापछि जारी गरिएको सौराहा घोषणापत्रमा प्रतिष्ठान चितवनमा स्थापना गर्न माग गरिएको हो । घोषणापत्रमा नेपाल सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएको आमसञ्चार प्रशिक्षण प्रतिष्ठान चितवनमा स्थापना गर्ने सम्बन्धमा नेपाल पत्रकार महासङ्घ, केन्द्रीय समितिले निर्णय गरिसकेकाले त्यसको कार्यान्वयन गर्न जोडदार माग गर्दछ भनिएको छ ।

काभ्रे शाखाले निर्माण गर्दै गरेको महासङ्घको भवनमा आवासीय प्रशिक्षण केन्द्र स्थापना गर्न आवश्यक प्रबन्ध मिलाउन पनि सम्मेलनले सरकारसँग माग गरेको छ । महासङ्घको प्रदेश कार्यालय रहेको हेटौँडा उपमहानगरपालि–११ स्थित जग्गामा प्रादेशिक सञ्चारग्राम स्थापनाका लागि प्रक्रिया अघि बढाउन आग्रह गरिएको घोषणा पत्रमा उल्लेख छ । यसैगरी प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित, क्षमता अभिवृद्धि तथा पेशागत सुरक्षाको आवश्यक प्रबन्ध गर्न सम्मेलनले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

कोभिड महामारीलगायत कारण देखाउँदै सञ्चारमाध्यमले पत्रकारलाई कामबाट हटाउने, पारिश्रमिक नदिने जस्ता गतिविधि गरेकोमा सम्मेलनको ध्यानाकर्षण भएको जनाइएको छ । श्रमजीवी पत्रकारलाई पेशाबाट विमुख गराउने कार्यको भत्र्सना गर्दै यस्ता कार्य तत्काल सच्याउन र दिन बाँकी पारिश्रमिक तत्काल उपलव्ध गराउन सम्मेलनले सम्बन्धित पक्षसँग माग गरेको छ । कोभिड महामारीलगायतका समस्याले स्वरोजगारमूलक सञ्चारमाध्यम आर्थिक रुपमा धरासयी बनेको भन्दै केही सञ्चारमाध्यम बन्द भएका र कतिपय बन्द हुने अवस्थामा पुगेकाले सञ्चारमाध्यम टिकाउन आवश्यक आर्थिक प्याकेज ल्याउन सरकारसँग माग गरिएको घोषणा पत्रमा उल्लेख छ ।

घोषणा पत्रमा भनिएको छ “स्वरोजगारमूलक सञ्चारमाध्यमलाई समानुपातिक विज्ञापनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दछौं ।” वाग्मती प्रदेश सरकारले स्वतन्त्र प्रेसको संवैधानिक प्रावधानलाई आत्मसात नगरी सरकार आफैले सञ्चार गृह र सञ्चारमाध्यम सञ्चालन गर्ने गरी ल्याएको बजेट संशोधन गरी सञ्चारमाध्यम र सञ्चार संस्थाको प्रवद्र्धनमा खर्च गर्ने व्यवस्था गर्न सम्मेलनले प्रदेश सरकारसँग माग गरेको छ । शनिबार वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको सम्मेलनको आज आन्तरिक मामिला तथा कानून मन्त्री कृष्ण खनालले समापन गर्नुभएको हो ।

नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाका अनुसार प्रदेशका १० जिल्लाका महासङ्घका अध्यक्ष, सचिव र कोषाध्यक्ष सम्मेलनमा सहभागी भएका थिए ।

 


Thali Mobile Pvt.Ltd.